प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित १ जना पक्राउ

२०८२-०२-२०

  • A
  • A-
  • A+
Share

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ७० मिलिग्राम सहित जानकी गाउँपालिका-५ बस्ने २५ वर्षीय रियाजुदिन हलुवाईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८२-०२-२२

रूपन्देही, बुटवल उपमहानगरपालिका-१२ दुर्गानगरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४६ एम्पुल, फेनारगन ४६ एम्पुल, तालजेसिक ४६ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय सुनिल राई र २६ वर्षीय पवन घर्ती रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवल र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले सुनिलको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-१४ उदयपुर बस्ने १९ वर्षीय सुनिल खटिकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३ ग्राम ९ सय मिलिग्राम सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित उनकै घर आँगनबाट पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु
२०८२-०२-२२

बाँके, कोहलपुर नगरपालिका-१४ हवल्दारपुर फनपार्कस्थित सडकमा नेपालगंजबाट कोहलपुरतर्फ आउँदै गरेको भे.९ प ८१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ रझेना बस्ने ३५ वर्षीय सरोज मरासिनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ पुलचोकस्थित सडकमा भे.१३ प ३२७७ नम्बरको मोटरसाइकल र भे.११ प ९७२१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-११ बस्ने ५७ वर्षीय चिरञ्जीबि अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रूपन्देही, सैनामैना नगरपालिका-७ देउपास्थित सडकमा कलौनीबाट हात्ती बजारतर्फ जाँदै गरेको लु.५८ प २८३२ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिई बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १९ वर्षीय रिकेश दर्लामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी १ जना पैदलयात्रीको साझा हस्पिटल भुड्की चोक बुटवलमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८२-०२-२१

बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-८ बस्ने २५ वर्षीय श्रीकृष्ण श्रेष्ठ र २२ वर्षीय राजितराम चौधरी रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.५० प ७७३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । रूपन्देही, रोहिणी गाउँपालिका-३ धकधईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४० मिलिग्राम र मोबाइल २ थान सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ परासीझुङ्गा बस्ने २१ वर्षीय अशोक कुमार गौतम र भारत उत्तर प्रदेश पर्सामलिक थाना मौहुलानी बस्ने ३० वर्षीय रामसुरत सहानी रहेका छन् । इलाका प्रहरी कार्यालय धकधई र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपि ५६ बिसि ४४५० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।             यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-११ शृजननगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम, नियन्त्रित लागूऔषध स्पास्मो ८ ट्याब्लेट र नाइट्राभेट ९ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष श्रेष्ठ र ३६ वर्षीय प्रकाश खत्री रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८२-०२-१९

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-८ टिटिहिरिया बस्ने ३० वर्षीय राम सुरेन्द्र चौधरी समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरीले भारतको बलई गाँउबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ मिलन चोक बस्ने रोल्पा थवाङ गाउँपालिका-१ थवाङ घर भएकी ६३ वर्षीया माया देवी विकलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ किलो ८ सय २० ग्राम, चरेश जस्तो देखिने पदार्थ ५३ ग्राम र नगद ९ हजार ३ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।