प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

२०८२-०२-२२

  • A
  • A-
  • A+
Share

बाँके, कोहलपुर नगरपालिका-१४ हवल्दारपुर फनपार्कस्थित सडकमा नेपालगंजबाट कोहलपुरतर्फ आउँदै गरेको भे.९ प ८१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ रझेना बस्ने ३५ वर्षीय सरोज मरासिनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ पुलचोकस्थित सडकमा भे.१३ प ३२७७ नम्बरको मोटरसाइकल र भे.११ प ९७२१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-११ बस्ने ५७ वर्षीय चिरञ्जीबि अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देही, सैनामैना नगरपालिका-७ देउपास्थित सडकमा कलौनीबाट हात्ती बजारतर्फ जाँदै गरेको लु.५८ प २८३२ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिई बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १९ वर्षीय रिकेश दर्लामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी १ जना पैदलयात्रीको साझा हस्पिटल भुड्की चोक बुटवलमा उपचार भइरहेको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।