प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ

२०८२-०२-२४

  • A
  • A-
  • A+
Share

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-७ देउरवाबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १९ एम्पुल, फेनारगन १९ एम्पुल र डाइजेपाम १९ एम्पुल सहित रूपन्देही बुटवल उपमहानगरपालिका-१४ बस्ने २७ वर्षीय रामु राना समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट उजैनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कपिलवस्तु, महाराजगंज नगरपालिका-४ राजपुरबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ४ सय ७० ग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१ वर्षीय चिनिलाल चमार र २४ वर्षीय दुर्गेश लोहनिया रहेका छन् । इलाका प्रहरी कार्यालय महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

दाङ, गढवा गाउँपालिका-५ ठूलीचौरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका-६ प्रगतीनगर बस्ने २२ वर्षीय लक्ष्मण बिष्टलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले लु.९६ प ८८९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक लक्ष्मणलाई पक्राउ गरेको हो । साथै लागूऔषध खरिद गर्न आएका लु.७० प ७७६९ नम्बरको मोटरसाइकल चालक सोही गाउँपालिका-४ अजगढवा बस्ने ३९ वर्षीय भन्साराम यादव र सोही मोटरसाइकलमा सवार सोही गाउँपालिका-६ थानदेउखुरी बस्ने ३७ वर्षीय सदान मनिहारलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

             

                          यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।