प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जेसिबिको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

२०८२-०२-२५

  • A
  • A-
  • A+
Share

गुल्मी, सत्यवती गाउँपालिका-२ पहादीस्थित सडकमा बा.१ ख ९१५१ नम्बरको जेसिबिको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८४ वर्षीया जमुना पाण्डे‌को शनिबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा थप उपचारको क्रममा मृत्यु भएको हो । रोकीराखेको जेसिबि शनिबार दिउँसो आफै गुड्न गई उक्त दुर्घटना भएको थियो । प्रहरीले हाल फरार जेसिबि चालकको खोजी गरिरहेको छ ।

            दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।