जेसिबिको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु
२०८२-०२-२५
- A
- A-
- A+
गुल्मी, सत्यवती गाउँपालिका-२
पहादीस्थित सडकमा बा.१ ख ९१५१ नम्बरको जेसिबिको ठक्करबाट पैदलयात्री सोही ठाउँ
बस्ने ८४ वर्षीया जमुना पाण्डेको शनिबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर
घाइते भएकी उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा थप उपचारको क्रममा मृत्यु
भएको हो । रोकीराखेको जेसिबि शनिबार दिउँसो आफै गुड्न गई उक्त दुर्घटना भएको थियो
। प्रहरीले हाल फरार जेसिबि चालकको खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।