प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध तथा लैंगिक हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम

२०८२-०२-२२

  • A
  • A-
  • A+
Share

समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप मिति २०८२।०२।२२ गते घोराही उप-महानगरपालिका वडा नं. १४ स्थित बहुउद्देश्यीय सभाहलमा नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित आसरा सुधार केन्द्र रानीबारी काठमाण्डौको आयोजना, घोराही उपमहानगरपालिकाको सह-आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको समन्वय एवं लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यूको अध्यक्षता, नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्रका अध्यक्ष रुपा पौडेल थापा ज्यूको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालज्यूको विशिष्ट आतिथ्यता, जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान कार्यालय दाङका प्रमुख उप-अनुसन्धान निर्देशक रमेश कुमार डागा, घोराही उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा घोराही उपमहानगरपालिकाका प्रवक्ता राममणी पाण्डे लगायत घोराही उपमहानगरपालिका स्थित विभिन्न वडाका अध्यक्ष तथा वडा सदस्यहरु, नेपाल प्रहरी श्रीमती संघका प्रतिनिधिहरु, आसरा सुधार केन्द्रका प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी लगायत संचारकर्मीहरु, सामुदायिक सेवा केन्द्र घोराही दाङका अध्यक्ष आर.के. सितल लगायत पदाधिकारीहरु, पुर्व प्रहरी संगठन दाङका प्रतिनिधिहरु, सरोवारवाला विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न पुनःस्थापना केन्द्रका संचालक तथा प्रतिनिधिहरु, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरु, आमा समुहका प्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षक अभिभावक संघका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरु, स्थानीय नागरिकहरु, प्रहरी कर्मचारीहरु लगायतको सहभागितामा संचालित “लागू औषध दुर्व्यसन तथा लैंगिक हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम” सम्पन्न गरिएको हो ।
कार्यक्रममा आसरा सुधार केन्द्र काठमाण्डौका प्रशिक्षकद्वय सम्राट नरसिंह प्रधान र गौरव सिरोहियाले लागू औषध दुर्व्यसन नियन्त्रण, लैंगिक हिंसा न्यूनीकरण तथा मानसिक स्वास्थ्य सम्बन्धमा सचेतनामूलक प्रशिक्षण तथा मनोपरामर्श, गन्धर्व समाज दाङका हेमराज गन्धर्व लगायत कलाकार समुहद्वारा सचेतनामूलक सांगितिक प्रस्तुती, प्रहरी कर्मचारीहरुद्वारा सचेतनामूलक नाटक तथा सांगितिक प्रस्तुतिकरण दिनुको साथै कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिज्यूहरुबाट लागू औषध तथा लैंगिक हिंसा न्यूनीकरण सम्बन्धमा सचेतनामूलक मन्तव्य व्यक्त गर्नु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायले गर्नु भएको थियो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।