प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध तथा लैंगिक हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम

२०८२-०२-२२

  • A
  • A-
  • A+
Share

समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप मिति २०८२।०२।२२ गते घोराही उप-महानगरपालिका वडा नं. १४ स्थित बहुउद्देश्यीय सभाहलमा नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित आसरा सुधार केन्द्र रानीबारी काठमाण्डौको आयोजना, घोराही उपमहानगरपालिकाको सह-आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको समन्वय एवं लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यूको अध्यक्षता, नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्रका अध्यक्ष रुपा पौडेल थापा ज्यूको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालज्यूको विशिष्ट आतिथ्यता, जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान कार्यालय दाङका प्रमुख उप-अनुसन्धान निर्देशक रमेश कुमार डागा, घोराही उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा घोराही उपमहानगरपालिकाका प्रवक्ता राममणी पाण्डे लगायत घोराही उपमहानगरपालिका स्थित विभिन्न वडाका अध्यक्ष तथा वडा सदस्यहरु, नेपाल प्रहरी श्रीमती संघका प्रतिनिधिहरु, आसरा सुधार केन्द्रका प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी लगायत संचारकर्मीहरु, सामुदायिक सेवा केन्द्र घोराही दाङका अध्यक्ष आर.के. सितल लगायत पदाधिकारीहरु, पुर्व प्रहरी संगठन दाङका प्रतिनिधिहरु, सरोवारवाला विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न पुनःस्थापना केन्द्रका संचालक तथा प्रतिनिधिहरु, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरु, आमा समुहका प्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षक अभिभावक संघका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरु, स्थानीय नागरिकहरु, प्रहरी कर्मचारीहरु लगायतको सहभागितामा संचालित “लागू औषध दुर्व्यसन तथा लैंगिक हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम” सम्पन्न गरिएको हो ।
कार्यक्रममा आसरा सुधार केन्द्र काठमाण्डौका प्रशिक्षकद्वय सम्राट नरसिंह प्रधान र गौरव सिरोहियाले लागू औषध दुर्व्यसन नियन्त्रण, लैंगिक हिंसा न्यूनीकरण तथा मानसिक स्वास्थ्य सम्बन्धमा सचेतनामूलक प्रशिक्षण तथा मनोपरामर्श, गन्धर्व समाज दाङका हेमराज गन्धर्व लगायत कलाकार समुहद्वारा सचेतनामूलक सांगितिक प्रस्तुती, प्रहरी कर्मचारीहरुद्वारा सचेतनामूलक नाटक तथा सांगितिक प्रस्तुतिकरण दिनुको साथै कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिज्यूहरुबाट लागू औषध तथा लैंगिक हिंसा न्यूनीकरण सम्बन्धमा सचेतनामूलक मन्तव्य व्यक्त गर्नु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायले गर्नु भएको थियो ।

सम्बन्धित समाचार
बोलेरो पिकअपसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
२०८३-०२-१८

दाङ, लमही नगरपालिका–७ पदमिनी खोलास्थित पूर्व–पश्चिम राजमार्गमा बोलेरो पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको बा.६५ प.१८८४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट अमिलियाबाट लमहीतर्फ आउँदै गरेको लु.२ च.९६१७ नम्बरको बोलेरो पिकअप एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक बर्दियाको गेरुवा गाउँपालिका–४ मैनापोखर निवासी ३३ वर्षीय खिम तिमिल्सिना गम्भीर घाइते भएका थिए।घाइते तिमिल्सिनालाई उपचारका लागि लमही अस्पताल दाङ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।दुर्घटनामा संलग्न बोलेरो पिकअप चालक दाङ लमही नगरपालिका–६ मध्यनगर निवासी २८ वर्षीय रोहन चौधरी, बोलेरो पिकअप तथा मोटरसाइकल प्रहरी चौकी सतबरियाको नियन्त्रणमा रहेका छन्।मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

टिप्परको ठक्करबाट मोटरसाइकल चालक र बालकको मृत्यु
२०८३-०२-१८

दाङ, तुलसीपुर उपमहानगरपालिका–५ गुल्मचोकमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक र एक बालकको मृत्यु भएको छ।तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा.४ प.३३९० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आई बाटो क्रस गर्दै गरेको रा.१ ख.२१९२ नम्बरको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको हो।दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली, उनकी श्रीमती ३४ वर्षीया अनुषा नेपाली र ५ वर्षीय छोरा मिनाराज नेपाली घाइते भएका थिए। घाइतेमध्ये मनोज नेपालीको टाउको र छातीमा गम्भीर चोट लागेको थियो भने मिनाराज नेपाली पनि गम्भीर घाइते भएका थिए। अनुषा नेपालीको अवस्था सामान्य रहेको थियो।उनीहरूलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा थप उपचारका लागि मनोज नेपाली र मिनाराज नेपालीलाई नेपालगञ्जस्थित साइन्सेस प्रालिमा रेफर गरिएको थियो। उपचारकै क्रममा चिकित्सकले मिनाराज नेपाली र मनोज नेपाली मृत घोषणा गरेका थिए।मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ। घाइते अनुषा नेपाली उपचारपछि डिस्चार्ज भएकी छन्।दुर्घटनामा संलग्न टिप्पर, टिप्पर चालक दाङ शान्तिनगर गाउँपालिका–३ निवासी ३९ वर्षीय शेरबहादुर थापा तथा मोटरसाइकल इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेका छन्। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

करेन्ट लागेर एक जनाको मृत्यु
२०८३-०२-१८

रोल्पा, माडी गाउँपालिका–४ तार्केवाङस्थित स्याङखोलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा माडी गाउँपालिका–२ घर्तिगाउँ निवासी अन्दाजी ३९ वर्षीय हरिबहादुर घर्ती मगर रहेका छन्।हरिबहादुर घर्ती मगर र माडी गाउँपालिका–६ कोर्चावाङ निवासी ३४ वर्षीय कर्मलाल घर्ती मगर रा.१ च.११७४ नम्बरको पिकअप गाडी धुनका लागि स्याङखोलामा गएका थिए। सो क्रममा चालक कर्मलाल घर्ती मगरले गाडी धोइरहेका बेला हरिबहादुर घर्ती मगर आफूसँग रहेको १२ भोल्टको ब्याट्री लिएर घटनास्थलबाट करिब १५० मिटर पश्चिमतर्फ माछा मार्न गएका थिए।पछि एक बाख्रा गोठालाले उनलाई खोलाको किनारमा पल्टिएको अवस्थामा देखेपछि चालकलाई खबर गरेका थिए। चालक घटनास्थलमा पुगेर हेर्दा हरिबहादुर घर्ती मगरको मृत्यु भइसकेको अवस्थामा फेला परेको थियो।घटनास्थलबाट १२ भोल्टको ब्याट्री, तार, पिकअप गाडी तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ।मृतकको शव पोष्टमार्टमका लागि रोल्पा अस्पताल रेउघा पठाइएको छ। 

सवारी दुर्घटनामा २ जनाको मृत्यु
२०८२-१२-२३

गुल्मी, गुल्मी दरबार गाउँपालिका-४ मिसुकास्थित सडकमा बिरबासबाट मिसुकातर्फ जाँदै गरेको लु.१ च ४९०६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सोही ठाउँ बस्ने फुलमाया श्रेष्ठको घरमा ठोक्किएर आइतबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीया कृष्णा ढेगा र ४० वर्षीया मिना सनामी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य १० जनाको लुम्बिनी मेडीकल कलेज प्रभासमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।