प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित ३ जना पक्राउ

२०८२-०२-२७

  • A
  • A-
  • A+
Share

रुपन्देही, सिदार्थनगर नगरपालिका वडा न. ३ भैरहवा बसपार्क भित्र बसीरहेका देश भारत उत्तर प्रदेश कानपुर जिल्ला  बस्ने वर्ष २४ को साहवान खान ,ऐ.ऐ. बस्ने वर्ष २२ को फैसल खान र ऐ.ऐ. बस्ने वर्ष २४ को साहजन खान समेतलाई प्रहरी टोलीले  शंका लागी चेक जाँच गर्दा  फैसल खानले  बोकेको झोला भित्र रहेको  लागूऔषध स्पास्मो १९७  ट्याप्लेट, ( मधु २५ थान ,पान मसला -६३  पिस र तम्माखु सानो पोका ५१ पिस)  समेत  फेला पारी  बरामद  गरी उल्लेखित व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।