प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित बिभिन्न स्थानबाट ४ जना पक्राउ

२०८२-०३-०३

  • A
  • A-
  • A+
Share


बाँके, नेपालगंज उप महानगरपालिका १५ जमुनाह चेक पोईन्ट स्थित इ.प्र.का.जमुनाह बाँकेबाट  खटिएको प्रहरी टोलिले कालिकोट जिल्ला माहावै गा.पा.६ पिलि बस्ने वर्ष २१ को हिक्मत शाही भारतबाट नेपाल तर्फ आउदैगरेको अवस्थामा संका लागी चेक जाँच गर्दा निजले लगाएको जुत्ताको मुनि लुकाई राखेको ट्रामा डोल ९८ ट्याप्लेट फेला पारी बरामद गरी निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का बाँके पठाईएको छ ।

बर्दिया, बढैयाताल गाउँपालिका १ शान्तिपुर स्थित इ.प्र.का मैनापोखर र प्रहरी चौकी जमुनी बाट खटिएको संयुक्त प्रहरी टोलिले भारत बाट नेपाल तर्फ पैदल आउँदै गरेका बाँकेको खजुरा गाउँपालिका १ बेलडाँडा बस्ने बर्ष २८ को तुक प्रसाद थापा र सोही ठाउँ बस्ने बर्ष ३१ को प्रकाश थापामगर लाई शंका लागि चेकजाँच गर्ने क्रममा निज तुल प्रसाद थापाको साथ बाट कालो रङको प्लाष्टिकमा लुकाई छिपाई राखिएको प्लाष्टिक सहित २५० मिलिग्राम र शुद्ध ८० मिलिग्राम लागु औषध (ब्राउनसुगर) जस्तो खैरो रङको धुलो पदार्थ बरामद गरी निज दुबै जनालाई नियन्त्रणमा लिई आबश्यक कारबाहिको लागि इ.प्र.का मैनापोखर पठाईएको छ । 

दाङ, घोराही उप महानगरपालिका ११ झुम्केटारी बस्ने बर्ष २७ को याम बहादुर बस्नेतले लागु औषध कारोबार गरी रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अ.प्र.पोष्ट शिवपुर र जि.प्र.का.दाङबाट खटि गएको प्रहरी टोलीले निज याम बहादुर बस्नेतलाई निजकै घरमा फेला पारी शरिर तथा घरकोठाको खानतलासी गर्ने क्रममा घर अगाडी बलेनी (आँगन)मा कालो प्लाष्टिक भित्र सेतो प्लाष्टिकको डिब्बा भित्र लागु औषध (ट्रामाडोल) १६६ क्याप्सुल र १७६ क्याप्सुल एण्टीकफ राखी खाल्डो खनी माटोमुनी गाडेको अवस्थामा फेला पारी बरामद गरी निज याम बहादुर बस्नेतलाई पक्राउ गरी ऐ.२१:४० बजे जि.प्र.का.दाङमा ल्याई थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।