प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित बिभिन्न स्थानबाट ४ जना पक्राउ

२०८२-०३-०३

  • A
  • A-
  • A+
Share


बाँके, नेपालगंज उप महानगरपालिका १५ जमुनाह चेक पोईन्ट स्थित इ.प्र.का.जमुनाह बाँकेबाट  खटिएको प्रहरी टोलिले कालिकोट जिल्ला माहावै गा.पा.६ पिलि बस्ने वर्ष २१ को हिक्मत शाही भारतबाट नेपाल तर्फ आउदैगरेको अवस्थामा संका लागी चेक जाँच गर्दा निजले लगाएको जुत्ताको मुनि लुकाई राखेको ट्रामा डोल ९८ ट्याप्लेट फेला पारी बरामद गरी निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का बाँके पठाईएको छ ।

बर्दिया, बढैयाताल गाउँपालिका १ शान्तिपुर स्थित इ.प्र.का मैनापोखर र प्रहरी चौकी जमुनी बाट खटिएको संयुक्त प्रहरी टोलिले भारत बाट नेपाल तर्फ पैदल आउँदै गरेका बाँकेको खजुरा गाउँपालिका १ बेलडाँडा बस्ने बर्ष २८ को तुक प्रसाद थापा र सोही ठाउँ बस्ने बर्ष ३१ को प्रकाश थापामगर लाई शंका लागि चेकजाँच गर्ने क्रममा निज तुल प्रसाद थापाको साथ बाट कालो रङको प्लाष्टिकमा लुकाई छिपाई राखिएको प्लाष्टिक सहित २५० मिलिग्राम र शुद्ध ८० मिलिग्राम लागु औषध (ब्राउनसुगर) जस्तो खैरो रङको धुलो पदार्थ बरामद गरी निज दुबै जनालाई नियन्त्रणमा लिई आबश्यक कारबाहिको लागि इ.प्र.का मैनापोखर पठाईएको छ । 

दाङ, घोराही उप महानगरपालिका ११ झुम्केटारी बस्ने बर्ष २७ को याम बहादुर बस्नेतले लागु औषध कारोबार गरी रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अ.प्र.पोष्ट शिवपुर र जि.प्र.का.दाङबाट खटि गएको प्रहरी टोलीले निज याम बहादुर बस्नेतलाई निजकै घरमा फेला पारी शरिर तथा घरकोठाको खानतलासी गर्ने क्रममा घर अगाडी बलेनी (आँगन)मा कालो प्लाष्टिक भित्र सेतो प्लाष्टिकको डिब्बा भित्र लागु औषध (ट्रामाडोल) १६६ क्याप्सुल र १७६ क्याप्सुल एण्टीकफ राखी खाल्डो खनी माटोमुनी गाडेको अवस्थामा फेला पारी बरामद गरी निज याम बहादुर बस्नेतलाई पक्राउ गरी ऐ.२१:४० बजे जि.प्र.का.दाङमा ल्याई थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।