अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २ जना पक्राउ
२०८२-०३-०५
- A
- A-
- A+
दाङ, गढवा गाउँपालिका-६
गढवा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय
मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरोको छ । पक्राउ
पर्नेहरूमा भारत बलरामपुर बस्ने २९ वर्षीय मोहम्मद हकीम र ४० वर्षीय मोहद हाफु
रहेका छन् । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले कोईलाबासदेखी गढवातर्फ
आउँदै गरेको युपि ४७ एएच ८७३९ नम्बरको
मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।