प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित २ जना पक्राउ

२०८२-०३-०५

  • A
  • A-
  • A+
Share

दाङ, गढवा गाउँपालिका-६ गढवा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरोको छ । पक्राउ पर्नेहरूमा भारत बलरामपुर बस्ने २९ वर्षीय मोहम्मद हकीम र ४० वर्षीय मोहद हाफु रहेका छन् । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले कोईलाबासदेखी गढवातर्फ आउँदै गरेको  युपि ४७ एएच ८७३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०४-१२

दाङ, तुलसीपुर उपमहानगरपालिका-७ मोतिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित  सल्यान कपुरकोट गाउँपालिका-३ पैयाँवारी बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार अन्य २ जनाको खोजी गरिरहेको छ ।बर्दिया, मधुवन नगरपालिका-८ लालिबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित कैलाली बर्दगोरिया गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले नेपालगंजबाट कैलालीतर्फ जाँदै गरेका भे.६ प ६२२८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको छ । 

सवारी दुर्घटनामा २ जनाको मृत्यु २ जना घाईते
२०८२-०४-१२

कपिलवस्तु, शिवराज नगरपालिका-१ उमरी चोकस्थित सडकमा ग.१ ख ९०१३ नम्बरको बस र लु.१ ह ४९५४ नम्बरको अटो एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा अटोमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा अटो चालक शिवराज नगरपालिका-१ उमरी बस्ने ५० वर्षीय रित बहादुर सुनार र अटोमा सवार सोही नगरपालिका-३ बलुवा बस्ने १७ वर्षीया रूबिना राना रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सिटि अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २ जना पक्राउ
२०८२-०४-११

बर्दिया, मधुबन नगरपालिका-८ कुसुम्बा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ठाकुरबाबा नगरपालिका-१ घर भएका ३६ वर्षीय कबिराम सुनारलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-७ सघापुर बस्ने ४५ वर्षीय भगौती रैदासलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।