सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०८२-०३-०६
- A
- A-
- A+
बर्दिया, बढैयाताल गाउँपालिका-८
तिलकानास्थित सडकमा कण्ठपुरबाट पचासातर्फ जाँदै गरेको भे.१२ प ४९२ नम्बरको मोटरसाइकलको
ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीया दिलमाया आचार्यको मृत्यु भएको छ ।
बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल नेपालगंज
बाँकेमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
।