अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०३-१०
- A
- A-
- A+
बर्दिया, बढैयाताल
गाउँपालिका-२ फुटाह ४ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४
ग्राम ७० मिलिग्राम र नगद १३ हजार रूपैयाँ सहित बाँके बैजनाथ गाउँपालिका-७ पेडरी
बस्ने २४ वर्षीय सरोज कुमार चौधरी समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ
गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर समेतबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट
नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।