अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २ जना पक्राउ
२०८२-०३-११
- A
- A-
- A+
कपिलवस्तु, बुद्धभुमि नगरपालिका-२
गोरूसिङगे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्राम
सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही
ठाउँ बस्ने ३२ वर्षीय शिव लामिछाने र अर्घाखाँची मालारानी गाउँपालिका-२ खन बस्ने २३
वर्षीय सुदन परियार रहेका छन् । इलाका प्रहरी कार्यालय गोरूसिङगेबाट खटिएको
प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।