अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०३-३०
- A
- A-
- A+
बाँके, कोहलपुर नगरपालिका-११ शान्तिटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीया सपना गन्धर्व र सोही नगरपालिका-११ लोकनगर बस्ने २१ वर्षीय धिरज गन्धर्व रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले सपनाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।