प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मो.सा. दुर्घटनामा १ जनाको मृत्यु

२०८२-०४-०१

  • A
  • A-
  • A+
Share

दाङ, गढवा गाउँपालिका-२ महादेवा पुल स्थित गढवा-सिसहनिया सडक खण्डमा गोबरडिहाबाट सिसहनिया तर्फ जाँदै गरेको रा २ प ६२६१ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई सोही पुलको पिल्लरमा ठोकिन जादा मोटरसाइकल चालक जिल्ला दाङ राप्ती गाउँपालिका-३ मसुरीया बस्ने बर्ष अन्दाजी ४३ को खेम बहादुर पुन घाईते भई लमही अस्पताल लमही, दाङमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको, उक्त स्थानमा प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।