प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २ जना पक्राउ

२०८२-०४-०८

  • A
  • A-
  • A+
Share

दाङ, तुलसीपुर उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१८ बस्ने २९ वर्षीय शंकर बस्नेतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय तुलसीपुर समेतबाट खटिएको प्रहरीले  उनलाई उक्त पदार्थ सहित  पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१ वाटरपार्कबाट  नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ६४ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१८ बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बिशालनगरबाट खटिएक प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

            यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।