अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०४-१०
- A
- A-
- A+
दाङ, घोराही उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमही नगरपालिका-५ कोईलाबास रोड बस्ने ३१ वर्षीय रमेश पौडेल र २६ वर्षीय अजित पौडेल रहेका छन् । प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले बा.१५ च ९१२३ नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।