प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा २ जनाको मृत्यु २ जना घाईते

२०८२-०४-१२

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, शिवराज नगरपालिका-१ उमरी चोकस्थित सडकमा ग.१ ख ९०१३ नम्बरको बस र लु.१ ह ४९५४ नम्बरको अटो एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा अटोमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा अटो चालक शिवराज नगरपालिका-१ उमरी बस्ने ५० वर्षीय रित बहादुर सुनार र अटोमा सवार सोही नगरपालिका-३ बलुवा बस्ने १७ वर्षीया रूबिना राना रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सिटि अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।