प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा २ जनाको मृत्यु २ जना घाईते

२०८२-०४-१२

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, शिवराज नगरपालिका-१ उमरी चोकस्थित सडकमा ग.१ ख ९०१३ नम्बरको बस र लु.१ ह ४९५४ नम्बरको अटो एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा अटोमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा अटो चालक शिवराज नगरपालिका-१ उमरी बस्ने ५० वर्षीय रित बहादुर सुनार र अटोमा सवार सोही नगरपालिका-३ बलुवा बस्ने १७ वर्षीया रूबिना राना रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सिटि अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।