प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

२०८२-०४-१४

  • A
  • A-
  • A+
Share

दाङ, लमही नगरपालिका-२ सोनपुरस्थित सडकमा लु. ४४ प ३४१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार राप्ती गाउँपालिका-६ पत्यरगोडा बस्ने २२ वर्षीय अयोध्य चौधरीको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको नर्सिंङहोम नेपालगंज बाँकेमा उपचार भइरहेको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।