प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागेर मृत्यु

२०८२-०४-१७

  • A
  • A-
  • A+
Share

बाँके, बैजनाथ गाउँपालिका-१ गाभर मुलपानी टोल बस्ने ९ वर्षीया मनिसा बुढाको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित अम्बा टिप्न जाँदा रूखमा रहेको विजुलीको तारबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको   हो ।

यसैगरी बाँके, खजुरा गाउँपालिका-३ बि गाउँ बस्ने ३० वर्षीय पुर्षोतम सिरिस मगरको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ । आफ्नै घरमा पङ्खाको तार विजुलीको प्लगमा जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सुशिल कोईराला क्यान्सर अस्पताल खजुरामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०८-२५

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलो २ सय ९९ ग्राम ९ सय ५० मिलिग्राम सहित भारत उत्तर प्रदेश कानपुर लखनउ बस्ने २४ वर्षीय MOHAMMAD FAIZY ANSARI लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एयर एसियाको उडानद्वारा थाईल्याण्डको बैंककबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।