प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डुबेर मृत्यु

२०८२-०४-२४

  • A
  • A-
  • A+
Share

प्युठान, प्युठान नगरपालिका-७ धरमपानी बस्ने ३० वर्षीय बिष्णु सुनारको सोही ठाउँस्थित झिमरूक खोलामा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिजुवार र अस्थायी प्रहरी पोष्ट बाग्दुला समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा प्युठान नगरपालिका-४ स्थित झिमरूक खोला र जुम्री खोलाको बिच टापुमा उनको शव फेला परेको हो ।  

बाँके, खजुरा गाउँपालिका-६ गिजरा बस्ने भुपेन्द्र सुनारको छोरा ८ वर्षीय संगित सुनारको सोही ठाउँस्थित नालामा डुबेर शनिबार बिहान मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको बाँके सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।