प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डुबेर मृत्यु

२०८२-०४-२४

  • A
  • A-
  • A+
Share

प्युठान, प्युठान नगरपालिका-७ धरमपानी बस्ने ३० वर्षीय बिष्णु सुनारको सोही ठाउँस्थित झिमरूक खोलामा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिजुवार र अस्थायी प्रहरी पोष्ट बाग्दुला समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा प्युठान नगरपालिका-४ स्थित झिमरूक खोला र जुम्री खोलाको बिच टापुमा उनको शव फेला परेको हो ।  

बाँके, खजुरा गाउँपालिका-६ गिजरा बस्ने भुपेन्द्र सुनारको छोरा ८ वर्षीय संगित सुनारको सोही ठाउँस्थित नालामा डुबेर शनिबार बिहान मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको बाँके सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।