प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित दुई जना पक्राउ

२०८२-०५-०२

  • A
  • A-
  • A+
Share

रूपन्देही, २ भदौ

लुम्बिनी साँस्कृतिक नगरपालिका-१२ भबई बस्ने ४३ वर्षीय प्रशुराम लोधलाई अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी सुक्रौलीआमाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

            यसैगरी रूपन्देही, गैडहवा गाउँपालिका-५ तेलेण्डिहवाबाट नियन्त्रित लागूऔषध प्रोक्सिको स्पास ३ सय ७० ट्याब्लेट सहित लुम्बिनी साँस्कृतिक नगरपालिका-६ सुण्डीहवा बस्ने २४ वर्षीय टोफिक अहमदलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले लुम्बिनीबाट मंगलपुरतर्फ आउँदै गरेको लु.१७ प ६४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।