प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ

२०८२-०५-०४

  • A
  • A-
  • A+
Share

रूपन्देही, मायादेवी गाउँपालिका-४ बाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय एम्पुल, डाईजेपाम १ सय एम्पुल र प्रोमेथाजाइन १ सय एम्पुल सहित समरिमाई गाउँपालिका-३ थुमहवा बस्ने ३२ वर्षीय हरि चन्द्र तेलीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.५८ प २२३१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुर चेक पोस्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ बढैया गाउँ बस्ने २१ वर्षीय भुपेन्द्र कुमार थारू र ३२ वर्षीय सन्जय दत्त चौधरी रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।