अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०५-१३
- A
- A-
- A+
बाँके, खजुरा गाउँपालिका-३ एक नम्बर बजारबाट अवैध लागूऔषध
ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार राति
प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया बढैयाताल गाउँपालिका टेसनपुर
बस्ने २० वर्षीय प्रसान्त चौधरी र गुलरिया नगरपालिका-१२ कालिनगर बस्ने २२ वर्षीय
निरज परियार रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले भे.८ प
४८७८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।