प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित १ जना पक्राउ

२०८२-०५-१६

  • A
  • A-
  • A+
Share

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-२ मेउडिहवा डेरा गरी बस्ने कोटहीमाई गाउँपालिका-५ घर भएका २६ वर्षीय ईर्फान अन्सारीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८२-०५-०८

 रूपन्देही, बुटवल उपमहानगरपालिका-२ मैनाबगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ श्रीरामटोल बस्ने ३७ वर्षीय अमग राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जितगढी किल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-११ मझुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय रमेश साहानीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जितगढी किल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-१२ चप्परगौडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम र नगद ७ हजार रूपैयाँ सहित सोही नगरपालिका-१३ बस्ने २३ वर्षीय मोतिराम बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट चप्परगौडी र इलाका प्रहरी कार्यालय कोहलपुबाट खटिएको प्रहरीले भे.९ प ७१९७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।