अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०५-१६
- A
- A-
- A+
बाँके, कोहलपुर नगरपालिका-१५
चन्दहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित
सोही ठाउँ बस्ने २७ वर्षीय मनसुखलाल थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले
उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।