करेन्ट लागेर मृत्यु
२०८२-०६-०१
- A
- A-
- A+
नवलपरासी
पश्चिम,
रामग्राम नगरपालिका-१८ बन्जरिया बस्ने ३५ वर्षीय श्याम चौधरीको करेन्ट लागेर
बुधबार दिउँसो मृत्यु भएको छ । आफ्नै बारीमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर
गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।