अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०६-०८
- A
- A-
- A+
बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो
देखिने पदार्थ ७ सय ७० मिलिग्राम र नगद ४५ हजार २ सय ७० रूपैयाँ सहित २ जनालाई
मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गेरूवा गाउँपालिका-४
बस्ने २६ वर्षीय राजेन्द्र क्षेत्री र सोही नगरपालिका-४ बस्ने २६ वर्षीय बिमल
पोख्रेल रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त
पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
।