अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८२-०६-०९
- A
- A-
- A+
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने
पदार्थ ९ ग्राम २० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-३ लखना बस्ने ३१ वर्षीय शिव प्रसाद थारू, ३० वर्षीया प्रतिभा थारू र ३१ वर्षीया रामरती थारू रहेका छन् । उक्त
स्थानबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त
पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
।