अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०६-१८
- A
- A-
- A+
बर्दिया, राजापुर नगरपालिका-४ सरस्वती
सामुदायिक वनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्राम
सहित सोही नगरपालिका अस्पताल टोल बस्ने २१ वर्षीय राहुल लोनियालाई शुक्रबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले
उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।