अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०६-२८
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-२०
राँझा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ट्याब्लेट, नाईट्राभेट ४ सय १०
ट्याब्लेट र स्पास्मो ३२ ट्याब्लेट सहित जाजरकोट भेरी नगरपालिका-३ स्याला बस्ने २२
वर्षीय राजन बिक समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट
राँझाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।