अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०७-१८
- A
- A-
- A+
बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम र नगद ११ हजार ५ सय ८० रूपैयाँ सहित रूकुम पश्चिम मुसिकोट नगरपालिका-५ बस्ने २२ वर्षीय बिकास समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.८ प १८७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।