अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०७-१८
- A
- A-
- A+
दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कस्थित रोल्पा थवाङी शिरिषा होटेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार रूपैयाँ सहित तुलसीपुर उपमहानगरपालिका-१७ हेमन्तपुर बस्ने रूकुम पूर्व भूमे गाउँपालिका-२ घर भएका २३ वर्षीय निस्मत गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।