सवारी दुर्घटनामा १ जनाको मृत्यु, २ जना घाईते
२०८२-०७-१८
- A
- A-
- A+
कपिलवस्तु, कृष्णनगर नगरपालिका-१ शिवनगरस्थित सडकमा लु.१ ह २६९ नम्बरको अटोले लु. १ ह ८२४ नम्बरको अटोलाई ठक्कर दिई सोमबार साँझ दुर्घटना हुँदा लु. १ ह ८२४ नम्बरको अटोमा सवार महारागंज नगरपालिका-११ बडगाउँ बस्ने ३५ वर्षीय बिष्णु अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका लु. १ ह ८२४ नम्बरको अटोमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले लु.१ ह २६९ नम्बरको अटो चालकलाई नियन्त्रणमा लिई हाल फरार लु.१ ह ८२४ अटो चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।