प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु, २ जना घाईते

२०८२-०७-१८

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, कृष्णनगर नगरपालिका-१ शिवनगरस्थित सडकमा लु.१ ह २६९ नम्बरको अटोले लु. १ ह ८२४ नम्बरको अटोलाई ठक्कर दिई सोमबार साँझ दुर्घटना हुँदा लु. १ ह ८२४ नम्बरको अटोमा सवार महारागंज नगरपालिका-११ बडगाउँ बस्ने ३५ वर्षीय बिष्णु अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका  लु. १ ह ८२४ नम्बरको अटोमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले लु.१ ह २६९ नम्बरको अटो चालकलाई नियन्त्रणमा लिई हाल फरार लु.१ ह ८२४ अटो चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।