मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु
२०८२-०७-२२
बर्दिया, राजापुर नगरपालिका-१० जोगीपुरस्थित सडकमा राजापुरदेखि गुलरियातर्फ जाँदै गरेको लु.प्र.०३-००१ प ४१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार गुलरीया नगरपालिका-७ बस्ने ३० वर्षीय विकास यादवको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पतालमा थप उपचारको क्रममा गए राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि नर्सिङहोम नेपालगंज रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।