प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु

२०८२-०७-२६

  • A
  • A-
  • A+
Share

गुल्मी, मदाने गाउँपालिका-४ म्यालपोखरीस्थित सडकमा बिपी चोकबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु.३ त ७७३८ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार  सोही ठाउँ बस्ने २४ वर्षीय अनिल कुँवरको मंगलबार राति मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु
२०८२-०७-२२

बर्दिया, राजापुर नगरपालिका-१० जोगीपुरस्थित सडकमा राजापुरदेखि गुलरियातर्फ जाँदै गरेको लु.प्र.०३-००१ प ४१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार गुलरीया नगरपालिका-७ बस्ने ३० वर्षीय विकास यादवको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पतालमा थप उपचारको क्रममा गए राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि नर्सिङहोम नेपालगंज रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।