सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०८२-०७-२६
रूपन्देही, शुद्धोधन गाउँपालिका-६ हलबादीस्थित सडकमा हरैयाबाट दुबौलीतर्फ जाँदै गरेको लु.९४ प ३६०८ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक कञ्चन गाउँपालिका-३ हरैया बस्ने २८ वर्षीय धिरेन्द्र कुमार चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक हस्पिटल बुटबलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।