अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०७-२७
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-१३ बुलबुले
लाहुरे पथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय ६०
मिलिग्राम, २
थान मोबाइल र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ
पर्नेहरूमा सोही उपमहानगरपालिका-९
बस्ने ३९ वर्षीय नरेश खटिक र सुर्खेत गुर्भाकोट नगरपालिका-७
बस्ने २३ वर्षीया
सुनिता परियार रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगंज
र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कायालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको
छ ।