अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०७-२८
- A
- A-
- A+
बर्दिया, बढैयाताल
गाउँपालिका-८ कन्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १०
मिलिग्राम सहित बाँसगढी नगरपालिका-९ माछागढ बस्ने २४ वर्षीय बसन्त बुढालाई बिहीबार
साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ
पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरील आवश्यक अनुसन्धान गरिरहेको छ ।