सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०८२-०८-१०
नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-१ छिवनीस्थित सडकमा प्रदेश ३-०२-००३ प २२०८ नम्बरको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-१ वनदेवी बस्ने ६५ वर्षीय जन्त्री चमारको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।