अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०८-१६
- A
- A-
- A+
रूपन्देही, सैनामैना नगरपालिका-५ सेरूवा बस्ने सुदन चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३८ मिलिग्राम, ३५ हजार ९ सय नेपाली रूपैयाँ र १ हजार २ सय ५० भारतीय रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।