भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८२-०८-१६
- A
- A-
- A+
प्युठान, सरूमारानी गाउँपालिका-६ पाङकोट बस्ने ४२ वर्षीय मान बहादुर बुढालाई भरूवा बन्दुक २ थान सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बडडाँडाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।