अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०८-२९
- A
- A-
- A+
बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९
सय २० मिलिग्राम सहित राजापुर नगरपालिका-१० भगतपुर
बस्ने २२ वर्षीय कमल गिरीलाई आइतबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै
गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।