अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०८-२९
- A
- A-
- A+
दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित दंगीशरण गाउँपालिका-४ बैबाङ बस्ने २४ वर्षीय रोशन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले रा.८ प ३७४८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।