अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०८-२९
- A
- A-
- A+
बर्दिया, गुलरिया नगरपालिका-१० लडकनिया घाट भादापुरूवाबाट
अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय १० मिलिग्राम सहित
बारबर्दिया नगरपालिका-६ जयनगर बस्ने २२ वर्षीय समिर चौधरीलाई आइतबार बेलुकी
प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले भारतबाट
नेपालतर्फ आउँदै गरेको भे.९ प १९३३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित
पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।