अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०९-२३
- A
- A-
- A+
रूपन्देही,
बुटवल उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय सन्देश
खत्री समेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी
कार्यालय रन्यौराबाट
खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।