अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०९-२३
- A
- A-
- A+
कपिलवस्तु, वाणगंगा नगरपालिका-२ तिनैया बस्ने २३ वर्षीय सुरेश थारू समेत २ जनालाई
अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित मंगलबार साँझ
प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले सुरेशको
घरबाट उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।