अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८२-०९-२५
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो
देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१० बस्ने २१ वर्षीय सुनिल घर्तिमगर,
२० वर्षीय प्रकाश लोहार र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी
कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।